प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयहरुले आवश्यक कानूनी प्रकृया अपनाएर अन्तिम नामावली सार्वजनिक गरेको छ । सिरहा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भईसकेको छ । असोज २६ मा रहेको उम्मेदवारी फिर्ताको समय सकिएपछि निर्वाचन कार्यालयहरुले दावी विरोध र उम्मेदवारी फिर्ता गरेका उम्मेदवारहरुको सूची हटाएर अन्तिम नामावली सार्वजनिक गरीसकेको छ । त्यससँगै सिरहा जिल्लाका चारवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनावचिन्ह पनि प्रदान गरिसकेको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचनको कार्य तालिका अनुसार सिरहा जिल्लामा पनि आवश्यक कार्यक्रमहरु अगाडी बढाईएको छ । चुनावचिन्ह पाईसकेको दल र उम्मेदवारहरु अहिले गाउँघरमा भेला गर्न र अहिलेदेखि नै चुनावी प्रचारप्रसारमा जुटेका छन् । समाजिक सञ्चालमा पनि उनीहरुले आफ्नो पक्षमा मत आकर्षित गर्नेगरी प्रचारमा जोड दिएका छन् । प्रदेश र प्रतिनिधि सभाको यो निर्वाचन परिवर्तनको पक्षमा आवाज उठिरहेको छ । यसकारणले यस निर्वाचनमार्फत सशक्त जनप्रतिनिधि निर्वाचित हुनुपर्छ । देशमा रहेको विभेदको अन्त गर्ने भूमिका निर्वाह हुनेगरी दीगो रुपमा कानून बनाउने, परराष्ट्रसँग जोडिएका विषयमा आवश्यक कानून निर्माण गर्न सक्ने सार्मथ्यको हुनुपर्छ ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा १ सय वढी उम्मेदवार चुनावी मैदानमा छन् । दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार वढी चुनावी मैदानमा रहेका छन् । दलका कारण देशले फड्को मार्न नसकेकोले स्वतन्त्रलाई जिताउने पर्ने भन्दै उनीहरु समाजिक संजालमा एक प्रकारले क्यापेनिङ चलाई रहेको देखिन्छ । सक्षम स्वतन्त्र उम्मेदवार वा दलका उम्मेदवार जो भएपनि मतदाताको मतका आधारमा निर्वाचित हुनेछन् । दल र स्वतन्त्र उम्मेदवारले मतदातालाई सवैभन्दा वढी चासो रहेको दलीय वा स्वतन्त्र घोषणा पत्र हो । सिरहा जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले जनताले किन भोट गरुन भन्दै आफ्नो प्रतिबद्धता र घोषणा सार्वजनिक गर्नुपर्छ । जनताले पनि त्यही प्रतिबद्धता र घोषणा पत्रको आधारमा मतदानमा सहभागी जनाउन पाउनुपर्छ । यसकारणले दल र स्वतन्त्र उम्मेदवारहरुले यथास्रिघ आफ्नो घोषणा पत्र सार्वजनिक जानकारीमा आउने गरी सार्वजनिक गर्ने सार्मथ्य देखाउनु जरुरी छ ।




