आसन्न प्रदेश प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा छ । मंसिर ४ मा रहेको निर्वाचनलाई लिएर दलहरुले आफ्नो उम्मेदवार चयन गर्ने र त्यसै अनुसारको तयारीमा जुट्नु पर्ने हो । अहिले मुख्य दलहरुले उम्मेदवार चयनमै रनभुल्लमा परेको छ । सक्तारुढ दलको गठबन्धन र प्रमुख प्रतिपक्षी दलको गठबन्धनले उम्मेदवार टुंगो लगाएर सार्वजनिक गर्न सकेको छैन् । प्रतिनिधि सभाको लागि १ सय ६५ सिटमा उम्मेदवार हुनेहरुको सूची मूख्य दलहरुले अझैं सार्वजनिक गरेको छैन् । झन् गठबन्धन गर्दा यसमा किचलो देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रदेश र प्रतिनिधि सभामा को को उम्मेदवार हुँदैछ भन्ने कुरोलाई टुंगोमा पुर्याउन नसक्दा अनेक थरीका टिकाटिप्पणी भईरहेको छ ।
सक्तारुढ दलमा रहेको नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र भर्खरै इन्ट्री भएरको लोकतान्त्रिक समाजवादी पार्टीले कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा सार्वजनिक जानकारीमा नआउँदा जतिखेर जो पनि उम्मेदवार बन्ने सक्ने आकलन गरिएको छ । दलहरुलाई सवैभन्दा पेचिलो मधेश प्रदेशमा भएको छ । मधेश प्रदेशमा धेरै नेता भएकोले दलहरुलाई उम्मेदवार चयन गर्न पेचिलो भएको हो । ३२ प्रतिनिभिसभा सदस्य निर्वाचन क्षेत्र र ६४ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा दलहरुले अझैं उम्मेदवार बन्नेको सूची तय गरेको छैन् । जसले अन्यौलता सृजना गरेको छ ।
अगामी निर्वाचनको निम्ति मनोनयन दर्ताको दिन आज रहेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुको तर्फबाट उम्मेदवार हुनेहरु र स्वतन्त्र उम्मेदवार हुनेले असोज २३ मा मनोनयन दर्ता गराउने समय निर्धारण गरी कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आफ्नो तालिका अनुसार नै कार्यक्रम सार्वजनिक गरी कार्यान्वयन गरी रहेको छ । यद्यपी मुख्य दलहरुले उम्मेदवार नै टुंगो लगाउन सकेको छैन् । यसले दल र गठबन्धनप्रति नैराश्यकत प्रकट गरेको छ । दलहरुले मनोनयन दर्ताको केही दिन अगावै उम्मेदवार तय गरी निर्वाचन क्षेत्रमा पठाउदा त्यसले सकारात्मक उर्जा थप्ने काम गथ्र्यो । त्यती गर्न नसक्दा दलभित्रको चाप्लुसी, दलको अर्कमण्यता प्रकट भएको छ । उम्मेदवारी दर्ता गरिने दिन टिकट पाउनु भनेका एक प्रकारले लोकतान्त्रिक विधि र प्रकृयामाथि दलहरुलको प्रहार नै हो । यसलाई अगामी दिनमा सुधार गर्नुपर्छ । उम्मेदवार बन्न सक्नेलाई टिकट पहिले नै दिएर आफ्नो निर्वाचन क्षेत्रमा पठाउन सक्नु पर्छ । अनि मात्र दलको सशक्त र दल बलियो भएको संकेत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!