मधेश प्रदेशसँगे देशको विभिन्न भागमा अहिले चाडपर्व सुरु भएको छ । आआफ्नो संस्कृति अनुसार देशभर कुनै न कुनै स्थानमा उत्सव, मेला, चाडपर्व भईरहेको छ । अहिले मधेश प्रदेशको विभिन्न जिल्लामा चाडपर्वको अवसरमा साँस्कृतिक नृत्य कार्यक्रमको आयोजना गरिदैछ/भईरहेको छ । आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न भन्दै नाचगान कार्यक्रमको आयोजना पनि भईरहेको छ । स्थानीय स्तरमा आयोजना गर्नेगरी स्थानीय लोकनाचहरुको संरक्षण गर्नुपर्ने जरुरी छ ।

मधेश प्रदेशका जिल्लामा हुने चाडपर्वको नाउँमा अहिले अश्लिल गीतमा नृत्य प्रर्दशनको होडवाजी चलेको छ । स्थानीय आयोजकहरुले स्टेश शो आयोजना गरी महिला कालाकारबाट अश्लिल नृत्य प्रर्दशन गराउन लागेपछि धेरै ठाउँमा विवादका घटनाहरु पनि घटिसकेको छ । विवाद उग्र रुप लिएर हिंसाको स्थितीमा पुगेको छ । मधेश प्रदेशका अन्य जिल्ला जस्तै सिरहा जिल्लामा पनि चाडपर्वको नाउँमा स्टेज शो आयोजना गर्ने र त्यहाँ मध्यरातमा अश्लिल गीतमा नृत्य गराउदा विवादका घटनाहरु घटिसकेको छ । आरके स्ट्राको नाउँमा जारी रहेको अश्लिल स्टेज शोमा अहिले प्रशासनले रोक लगाउन खोजेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभरीमा चाडपर्वको अवसरमा आयोजना गर्ने अश्लिल नृत्य जस्तो आरकेस्ट्रा कार्यक्रममा रोक लगाएको छ । जिल्ला प्रशासनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न कहिले डिजे बन्द, कहिले आरके स्ट्रा जस्तो रोड शो बन्द गर्नुपर्ने भन्दै पटक पटक सूचना जारी गरिदै आएको छ । स्थानीय प्रशासनको जिम्मेवारीभित्र रहेको शान्ति सुरक्षा कायम गर्न जारी गरिने त्यस्ता सूचनाको कार्यान्वयन गराउन प्रशासन नै उदासिन देखिन्छ । जसले गर्दा फगत काजगी निर्णय र सूचनामा सिमित रहेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले पछिल्लो समय जारी गरेको त्यस्तो सूचनालाई पूर्णत कार्यान्वयनमा लैजान निरन्तरता दिनुपर्छ । यसका निम्ति गाउँघरदेखि बजार क्षेत्रमा हुने त्यस्ता कार्यक्रममा रोक लगाउनु जरुरी छ । त्यो जरुरी कामलाई फत्ते गर्न प्रशासनको सशक्त भूमिका नै जरुरी छ । यसमा जिल्ला प्रशासन कार्यालय सिरहाले सफलता हासिल गर्नेगरी आफ्नो सूचना संयन्त्रको भरपूर सदुपयोग गरी कार्यान्वयनमा जोड दिनु नै राम्रो र जिल्लाको शान्ति सुरक्षा बलियो पार्न र अनावश्यक रुपमा भईरहेको खर्चमा पनि रोक लाग्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर