ADVERTISEMENT
सम्पादकीय

ढकियामे नागरिकता !

ADVERTISEMENT
ADVERTISEMENT

सुन्न अचम्म लाग्ने । ढकियामा नागरिकता ! ढकियामा नागरिकता कसरी पाईन्छ ? नेपाली नागरिकता त्यस्तो सस्तो हो र ? पक्कै होईन । नागरिकता विहिनाले गर्दा देशमा कयौंले ज्यान गुमाई सकेको छ । नागरिकता नपाएर कतिपयले उच्च शिक्षा प्राप्त गर्न सकेनन् । नागरिकताको अभावमा कतिपयले रोजगार पाउनबाट बञ्चित भए ।

ADVERTISEMENT

खासमा ‘ढकियामे नागरिकता’ भन्ने शिर्षकमा मधेशका विभिन्न जिल्लामा नाटक मञ्चन भईरहेको छ । समता फाउन्डेशनले मधेशका जिल्लामा नाटकको मञ्चन गरिरहँदा उठाएको मुख्य विषय नै नागरिकता विहिनताले जन्माएको अनेक समस्या हो । जन्मका आधारमा नागरिकता पाएका सन्तान दशकौंदेखि नागरिकता विहिनताको अवस्थामा रहेका छ । नागरिकता नहुँदा उनीहरु केही जागर नलागेमा वैदेशिक रोजगारीमा गएर देशको निम्ति रेमिट्यान्स भित्र्याउने मेसिन पनि बन्न सकेको छैन् । आफ्नै देशमा रोजगारी नहुँदा रेमिट्यान्स भित्र्याउने मेसिन बन्ने धेरै त्यस्ता नागरिकता विहिन युवाहरुको चाहना पूरा हुन सकेको छैन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधा र रोजगारीबाट बञ्चित लाखौं युवाहरुलाई अनागरिक बनाउँदा त्यसको गम्भीर समाजमा परेको छ ।

ढकियामा नागरिकता भन्ने नाटकले उठान गरेको विषय नै नागरिकताको अभावमा भोग्नु परेको समस्या नै हो । भाषाका नाउँमा विभेद, भेषभूषाका नाउँमा विभेद, रंगका नाउँमा हुने विभेद र नागरिकता प्रदान गरे देशमाथि खतरा आईपर्ने खोक्रो राष्ट्रवादको चपेटामा अनागरिक बनाउने उद्योग चलेको नाटकले देखाएको छ । नागरिकता विहिनताको अवस्था मधेशका जिल्लामा मात्र छैन् । पहाडी जिल्लामा पनि नागरिकताको नपाउनुको समस्या निकै छ ।

यसैले नाटकले उठान गरेको नागरिकताको विषयवारे राज्यको आँखा ढिलै भएपनि समाधानउन्मुख छ । संसदले अन्तिम समयमा नागरिकता विधेयक बहुमतले पारित गरेको छ । राष्ट्रसभाबाट पनि विधेयक बहुमतले पारित गरेको छ । अब राष्ट्रपतिबाट प्रमाणिकरणको पखाईमा रहेको यो विधेयक यथासक्य कानूनको रुपमा कार्यान्वयन हुनुपर्छ । नागरिकता नपाउँदाको समस्याले जेलिएलाई अब पनि मुक्त गर्नुपर्छ । यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुवै संसदबाट पारित गरिएको नागरिकता विधेयकलाई प्रमाणिकरण गरि कानूनी मान्यता दिन ढिलाई गर्नुहुँदैन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!