ADVERTISEMENT
सम्पादकीय

हिलाम्मे सडक र जोखिम

ADVERTISEMENT
ADVERTISEMENT

केही दिनदेखिको झरीले गर्दा सिरहा जिल्लाका मुख्य सडकहरु हिलाम्मे हुँदा जोखिम वढेको छ । भगवानपुर–लहान, माडर–सिरहा, सिरहा–कल्याणपुर र मिर्चैयाको कटारी चौकदेखि संस्थान चौकसम्मको सडकको अवस्था दयनीय छ । यस वाहेक जिल्लाको ग्रामीण कच्ची सडकको अवस्था झन् विजोग छ । सडक पूर्र्वाधार निर्माण, मर्मतसम्भार गर्न नसक्दा नागरिकको जीउज्यान जोखिमा रह्ने गरेको छ ।

ADVERTISEMENT

सिरहा भन्सार कार्यालय माडर खैरटोका देखि सदरमुकाम सिरहाको वीचमै सडकमा ठूलाठूला खाल्डाखुल्डी रहेको छ । सडकमा ठूलाठूला खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिम उच्च छ । दैनिक रुपमा सर्वसाधारणलाई जोखिम मोलेरै यात्रा गर्नुपर्ने बााध्यता छ । तैपनि सम्बन्धित निकायले मौनता तोडेको छैन् । सडकको अवस्थालाई ध्यानमा राख्दै तत्काल मर्मत गर्नुपर्ने भएपनि कुनैपनि निकायले यसप्रति चासो राखेको छैन् । झन् विपद् आउन सक्ने यस समयमा अतिआवश्यकमा पर्ने सवारीसधानहरु एम्बुलेन्स, वारुणयन्त्र जस्ता सवारीसाधनलाई पनि सहज रुपमा सम्भावित जोखिमको क्षेत्रमा पुग्न कठिनाई हुने पक्का छ ।

सिरहाको अर्को मुख्य सडक भनेको ग्रामीण क्षेत्रलाई पनि सदरमुकाम र राजमार्गसँग जोड्ने सिरहा–कल्याणपुर–मिर्चैया सडकखण्ड छ । यो सडकमा पटकपटक मर्मत गरिएपनि सडकको अवस्था निकै विजोग छ । यो सडकमा सवारी आउजाउ गर्न निकै कठिन छ । ठूलाठूला पोखरी झैं खाल्डाखुल्डीहरु ठाउँठाउँमा रहेको छ । सडक डिभिजन कार्यालय मातहत रहेको माडर–सिरहा र सिरहा–कल्याणपुर–चोहर्वा सडकको अवस्था विजोग भईरहँदा कुनै वास्ता गरिएको छैन् । जसले गर्दा यस क्षेत्रका नागरिकलाई जीवन नै जोखिमा परेको जस्तो छ ।

यी दुई सडकपछि अर्को विजोग भनेको मिर्चैया नगरक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गखण्डको सडक छ । कटारी चौकदेखि संस्थान चौकसम्म करिब दुई किलोमीटर सडकको अवस्था दयनीय छ । झरीको बेला यो सडक हिलाम्मे हुने गरेको छ भने घाम लागेपछि धूलोमयले सवारीसाधन र पैदलयात्रीलाई निकै सास्ती भोग्नुपर्छ । धूलोले गर्दा श्वास लिन पनि अप्ठ्यारो हुने र सडक छेउका पसलहरु धूलोमय हुने गरेको छ । जसले गर्दा स्थानीय व्यवसायीले पटकपटक आन्दोलन समेत गरिसकेका छन् ।

सडकको यस विजोग अवस्थालाई सुधार गर्नुपर्छ । सम्बन्धित निकायले तत्काल मर्मत गरी सडकमा सवारी आवतजावत गर्ने सहज हुने वातावरण बनाउनु पर्छ । यसमा जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र जिल्लाका अन्य सरोकारवाला निकायले पनि चासो दिई सडकको अहिलेको खाल्डाखुल्डीको अवस्था बद्ल्नु नै पर्छ । यसमा जोड दिनैपर्छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!