
मिथिला क्षेत्रको सवैभन्दा पूरानो र गौरबको धार्मिक र पर्यटकीय स्थलहरुमा जानकी मन्दिर, सिम्रौनगढ, सलहेश दरबार क्षेत्र लगायत रह्का छन् । जसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग गरिएको छ । लाखौं श्रद्धालुभक्तजनको घुईचो लाग्ने रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न जोडतोडका अभियान चलेको छ । जुन अहिले पूरा हुन सकेको छैन् ।
जानकी मन्दिर जनकपुरधामको चारवटा ढोका रहेको छ । चारवटै ढोकामा द्वारपालको भूमिकामा महादेवको स्थापना गरिएको धार्मिक जनविश्वास रहेको छ । जानकी मन्दिरको चारैतिर चारवटा महादेव स्थलमध्ये एक हो कमला नदीको पूर्वीय तटमा रहेको सारस्वरनाथ महादेव । पवित्र कमला नदीको पूर्वीय तटमा रहेको प्राचीन सारस्वनाथ महादेव मन्दिरलाई पर्यटकीय स्थलको सूचीमा समावेश गरिएपनि यहाँको विकासमा राज्यपक्ष उदासिन देखिएको छ ।

कमला नदीको उत्तरायणीबाट जल भरेर लाखौं श्रद्धालुभक्तजन साउने सोमवारी, महाशिवरात्रीमा सारस्वरनाथमा लामो यात्रा गर्र्दै जल अपर्ण गर्न आउने गरेका छन् । साउने सोमवारीमा सारस्वनाथ महादेवमा विशेष चहलपहल रह्ने गरको छ । स्थानीय युवाहरुको प्रयासमा सारस्वनाथा महादेव स्थललाई सजाउनेदेखि व्यवस्थापनको काम भईरहँदा राज्यले विकास र चासो नै देखिएको देखिदैन् ।
देशको विभिन्न स्थानमा शिवालयमा विशेष भीड लाग्ने गरेको छ । यद्यपी सारस्वरनाथ महादेव विशेष स्थलको रुपमा पर्छ । जानकी मन्दिरको पूर्वपट्टीको द्वारपालको रुपमा रहेको सारस्वरनाथ महादेव स्थलको विकास, पर्यटन क्षेत्रको रुपमा प्रवद्र्धन गर्न सरकारी संयन्त्र जाग्नुपर्छ । स्थानीय प्रयास निकै रहेको छ । सरकारी पक्षले ३६ विग्हाभन्दा वढी जग्गा रहेको यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै सारस्वनाथको विकास र पर्यटकीय स्थलको रुपमा स्थापित गर्न अभियान नै चलाउनु जरुरी छ । यसमा सिरहा नगरपालिका, प्रदेश सरकारसँगै संघीय सरकारले पनि विशेष चासो राख्नुपर्छ । सारस्वरनाथ महादेव स्थलको विकास, प्रर्वद्धनमा जोड दिई सिरहा र यस क्षेत्रका नयाँ पयर्टकीय स्थलको विकासमा अग्रसरता लिनु निकै नै आवश्यक रहेको छ ।