निर्वाचन ऐन, कानून अनुसार निर्वाचनमा गरिएको खर्च विवरण एक महिना भित्र बुझाउनु पर्ने हुन्छ । स्थानीय तह निर्वाचनमा पनि गरिएको खर्च विवरण उम्मेदवारले बुझाउनु पर्ने अनिवार्य रहेको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणाम घोषणको औपचारिक काठमाडौं महानगरपालिकाको परिणामको तिथिलाई लिईन्छ । त्यही आधार मानेर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाहरुलाई निर्वाचनमा गरिएको खर्च विवरण बुझाउन ताकेता गरेको छ । अनिवार्य रहेको खर्च विवरण नबुझाउँदा निर्वाचन आयोगले ताकेता गरेको हो ।

सिरहा जिल्लाको १७ स्थानीय तहमा ४ हजार ९८६ जनाले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराएकामध्ये ५ सय ८० जनाले मात्र अहिलेसम्म खर्च विवरण जिल्ला निर्वाचन कार्यालय सिरहामा बुझाएको तथ्यांकले देखाएको छ । जिल्ला निर्वाचन कार्यालय सिरहाको तथ्यांकमा कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका, औरही गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा उम्मेदवारी दर्ता गरेका एक जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाएको छैन् । सिरहा नगरपालिकाका ६३, लहान नगरपालिकाका ६५, कल्याणपुर नगरपालिका ६, मिर्चैया नगरपालिका ५, धनगढीमाई नगरपालिका ५२, गोलबजार नगरपालिका १०, बरियारपट्टी गाउँपालिका ८, अर्नामा गाउँपालिका २३, भगवानपुर गाउँपालिका १, विष्णुपुर गाउँपालिका १, नरहा गाउँपालिका १९, नवराजपुर गाउँपालिका २७, सखुवानन्कारकट्टी गाउँपालिकाका १ जना निर्वाचित जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएको छ ।

निर्वाचन खर्च नबुझाउनेमा पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु समेत रहेका छन् । निर्वाचन ऐन, कानूनमा भएको कानूनी प्रावधानलाई लत्याउन खोज्ने उम्मेदवारलाई निर्वाचन आयोगले कानूनी दायरामा ल्याउनु पर्छ । निर्वाचन आयोगले निर्वाचनमा गरिएको खर्च विवरण उम्मेदवारहरुको सार्वजनिक पनि गर्नुपर्छ । उम्मेदवारहरुले विवरण नबुझाउँदा कारबाही गरी ऐन, कानून र विधिको शासनको प्रत्याभूति दिनुपर्छ । आयोगको कारबाहीमा पर्नु सट्टा निर्वाचनमा उम्मेदवार भएकाहरुले निर्वाचन खर्च बुझाउन सक्रियता देखाउनु ने उपर्युक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!