ADVERTISEMENT
सम्पादकीय

करार कर्मचारी र राजनीतिक भीडन्त !

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय निर्वाचन–२०७९ अन्र्तगत ३० वैशाखमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सिरहाको अधिकांस स्थानीय तहहरुको निर्वाचनवाट नयाँ नेतृत्व चयन भएको छ । सिरहा जिल्लाको १७ स्थानीय तहमध्ये सुखिपुर नगरपालिका, मिर्चैया नगरपालिकाको प्रमुख, उपप्रमुखको नेतृत्व यथावत रह्यो । बरियारपट्टी गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा यथावत रहेको छ । नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन मार्फत यथावत रहेको छ । ३४ प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमध्ये ७ जना पुनः दोहोरिएका छन् । त्यसका आलावा २७ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष नयाँ निर्वाचित भएका छन् ।

ADVERTISEMENT

नयाँ नेतृत्व चयन भएका स्थानीय तहहरुमा अहिले करार कर्मचारी हटाउने काम भएको छ । पालिकाको आर्थिक स्रोत साधन, यस अघि निर्वतमान नेतृत्वले दलीय र आफन्तलाई गरेको भर्नालाई पाखा लगाउन करारका कर्मचारीलाई म्याद नथप्ने यस अघि निर्णय गरिसकेका छन् । करार सेवामा कार्यरत रहेका कर्मचारीलाई म्याद नथप्ने पालिकाहरुले गरेको निर्णयले अहिले दुईथरीको बहस भईरहेको छ । एकाथरी रोजगारी खोस्नु हुँदैन भन्ने तर्क गरिएको छ भने अर्कोतिर आफन्त, पार्टी कार्यकर्ताको भर्ती केन्द्रलाई नयाँ नेतृत्वले प्रकृयागत रुपमै हटाउनु जरुरी थियो ।

यसै विषयमा सिरहाका विभिन्न स्थानीय तहमा अहिले द्वन्दको अवस्था सृजना भएको छ । जसको सवैभन्दा वढी असर गोलबजार नगरपालिकामा देखिएको छ । गोलबजार नगरपालिकामा करार सेवाका कर्मचारी हटाएको विरोधमा नेकपा माओवादी केन्द्रले भिडन्तको अवस्था सृजना गरिदिएको छ । माओवादी केन्द्रबाट प्रदेश साँसद रहेका जगत प्रसाद यादवले करार सेवाका कर्मचारीलाई पुर्न वहाली नगरिए जनप्रतिनिधिलाई कालोमोसो दल्ने, जुत्ताको मालाले लगाउने जस्ता धम्की सार्वजनिक रुपमै दिएका छन् । यसले गोलबजार नगरपालिकामा द्वन्दको अवस्था सृजना गरेको छ । गोलबजार नगरपालिकामा माओवादी केन्द्रका प्रमुख/उपप्रमुख पराजित भएको छ भने नेकपा एमालेका प्रमुख÷उपप्रमुख निर्वाचित भएका छन् । त्यस कारणले भिडन्तको अवस्था सृजना भएको छ ।

भगवानपुर गाउँपालिकामा करार कर्मचारीको विषयमा गठबन्धन बनेको छ । गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेवाट निर्वाचित भएका छन् । त्यही भएर त्यहाँ एमाले इतरका राजनीतिक दलले गठबन्धन बनाउँदै करार कर्मचारीलाई पुर्नवहाली गर्नुपर्ने माग गरेको छ । पालिकाहरुमा देखिएको यस प्रकारको द्वन्द रोक्नुपर्छ । करार सेवाका कर्मचारीको विषयमा पालिकाहरुले नीतिगत निर्णय गरेको छ । त्यसको कार्यान्वयन गर्दै नयाँ कर्मचारी भर्ना गर्न प्रकृया थाल्नुपर्छ । दक्ष, योग्य र पालिकालाई फाइदा पुग्ने कर्मचारी चयन गर्नुपर्छ । जसले नागरिकलाई सेवामा सहजता हुनुपर्छ । यसमा राजनीतिक दलले द्वन्द सृजना गर्नु कुनैपनि अर्थमा शोभनीय छैन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!