ADVERTISEMENT
सम्पादकीय

प्रहरी समायोजनमा प्रदेशको चासो

ADVERTISEMENT
ADVERTISEMENT

मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न दबाब सृजना गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रीहरुको टोली प्रहरी समायोजन र जिल्ला प्रशासन कार्यालयलाई प्रदेश मातहत ल्याउने गरी सरकारलाई दबाब दिएको छ । मुख्यमन्त्री सहितको दलबल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्यो । भेटघाटको दुई वटा एजेण्डा सार्वजनिक भएको छ । जसमा प्रहरी समायोजन र सिडियो कार्यालय हस्तान्तरणको विषय रहेको छ । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न निकै पहिले ऐन नै पारित गरिसकेको छ । ऐन पारित गरेपछि संघीय सरकारको समायोजन कुर्दै बसेको छ ।

ADVERTISEMENT

प्रदेश मातहतमा जिल्ला प्रशासन कार्यालय नआउँदा प्रदेश सरकारलाई समन्वय गर्न गह्रो भईरहेको छ । त्यससँगै पटक पटक टसलको कुरा पनि सार्वजनिक चर्चामा छ । प्रदेश सरकारका मन्त्रीहरुले पटक पटक प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा नदिएमा प्रदेश सरकारले आफ्नो एकाई स्थापना गर्ने उद्घोष समेत गरेका छन् । आफ्नो शासन भएपनि प्रशासन नहुँदा नागरिकको हितमा प्रयाप्त काम गर्न नसकेको प्रदेश सरकारका मन्त्रीहरुको भनाई रह्दै आएको छ ।

प्रदेश सरकार मातहतमा जिल्ला प्रशासन र प्रहरी समायोजन गरी प्रदेशलाई आफ्नो प्रहरी राख्ने पाउने अधिकारको सुनिश्चितता गर्नुपर्छ । प्रदेशमा प्रहरी समायोजन भएर रिक्त पदमा दरबन्दी खोल्दा यस क्षेत्रका बेरोजगार युवाहरुलाई रोजगारीको अवसर मिल्छ । वैदेशिक रोजगारीमा गएर श्रम खर्चिनुको सट्टा आफ्नै देश र प्रदेशमा बसेर सेव ागर्ने अवसर मिल्छ । यस कारणले पनि संघीय सरकारले प्रहरी समायोजनको विषयलाई टुंगोमा पुर्याउनु पर्छ । देशको सात वटै प्रदेशमा अहिले प्रदेश प्रहरी कार्यालय स्थापना गरिएको छ । ती कार्यालय अझ संघीय सरकारप्रति जवाफदेही मात्र छ ।

संघीय संरचनामा गएका कपितय देशमा प्रदेश सरकारको आफ्नै प्रहरी रहेको छ । जसको एउटा उदाहरण छिमेकी मुलुक भारतमा प्रदेश पिच्छे आफ्नै प्रहरी रहेको छ । यसले प्रदेश सरकारलाई सुरक्षा र सुशासन कायम गर्न सघाउ पुर्याउने गरेको र प्रदेशका नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने मद्दत मिल्न सक्छ । यसैले संघ सरकारले जिल्ला प्रशासन कार्यालय र प्रहरीको विषयमा टुंगोमा पुग्नु जरुरी छ । जसले देशभर नयाँ रोजगारी सृजना हुने र सुशासनको पाटोमा प्रदेशलाई थप जिम्मेवार बनाउन मिल्छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!