नेपाल रेडक्रस सोसाईटी विशुद्ध सामाजिक संस्था हो । रेडक्रसको आफ्नो मान्यता रहेको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयमसेवा, एकता र विश्वव्यापकता भन्ने मान्यता रहेको छ । त्यही सात वटा मान्यताका अधारमा विश्वभरी रेडक्रसको संजाल स्थापना गरी सक्रिय अवस्थामा रहेको छ । विश्वयुद्ध, युद्ध, विपद् जस्ता संकटमा रेडक्रसको भूमिकाको खोजी गरिन्छ । त्यही भएर रेडक्रसको लोगो अंकित एप्रोन लगाएकाहरुलाई द्वन्दग्रस्त क्षेत्रमा पनि निर्वाध रुपमा परिचालन गर्न सकिने मान्यता रहेको छ । घाईतेको उद्धार, राहत पुर्नस्थापना जस्ता काममा रेडक्रस सक्रिय रहँदै आएको छ ।

नेपालमा विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स. २०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा. नागेश्वर प्रसाद सिंहको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्नेमा डा. जयनारायण गिरीको भूमिका पनि रहेको छ ।

नेपालमा रेडक्रस आफ्नो आधारभूत मान्यतावाट विचलित भई विभिन्न विकासे योजनाहरुमा सक्रियता देखाएसँगै विवाद र भ्रष्टाचारको केन्द्र बन्न पुगेको छ । केन्द्रीय समितिदेखि जिल्ला तहमा रहेका समितिहरुमा अपारदर्षिता बढ्दो क्रममा छ । जसले गर्दा रेडक्रसको विश्वव्यापी मान्यता विपरीतको काम भईरहँदा अनेक प्रश्नहरु सृजना हुन थालेको छ । रेडक्रस भित्र मौलाएको विकृत रोक्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदले केन्द्रीय समितिलाई विघटन गरी नयाँ तर्दथ समिति गठन गरेको थियो । जसको जिम्मा आर्थिक सुशासन र रेडक्रसको गरिमा जोगाउन प्रकृया र विधिसम्मत रुपमा नयाँ नेतृत्व चयन गराउनुथ्यो ।

केन्द्रमा मौलाएको भ्रष्टाचारको सिको जिल्ला शाखाहरुमा पनि देखिन थालेको छ । जिल्ला शाखामा व्यापक भ्रष्टाचारका गुनासाहरु सार्वजनिक वृत्तमा सुन्न पाईन्छ । रेडक्रस जस्तो सामाजिक संस्थामाथि भ्रष्टाचारको आवाज उठ्दा संस्थाको नेतृत्व गर्नेले सार्वजनिक जानकारीमा आउने गरी पारदर्षी प्रकृया अपनाउनु जरुरी छ । आर्थिक देखि संगठानिक गतिविधिलाई सार्वजनिक गर्नुपर्छ । सिरहा रेडक्रसमा आर्थिक अनियमितता मौलाएको बेला बखत खबरहरु आउने गरेको छ । उपशाखाहरुको अधिवेशन, सदस्यस्ता वितरण, कागजी भन्दा सार्वजनिक वृत्तमा बहस ल्याउन सक्ने गरी आर्थिक सुशासन हुनु जरुरी छ । त्यससँगै रेडक्रसको सातवटा सिद्धान्तलाई प्रतिवादन गर्नुपर्छ । भौतिक पूर्वाधारको क्षेत्रमा बढ्दो रुचिले पनि अनियमितताको संकेत गरेको छ । यसकारणले पनि सिरहा शाखाले आफ्नो गतिविधिमाथि समिक्षा गर्नुपर्छ । सार्वजनिक वृत्तमा बहसमा आउने गरी रेडक्रसका गतिविधिलाई पारदर्षी बनाउनु पर्छ । यसले मात्र सिरहा रेडक्रसको गरिमालाई कायम राख्न मद्दत पुग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय