कोरोना भाईरस विरुद्धको खोप लगाउने क्रम जारी छ । सिरहा जिल्लाका विभिन्न खोपकेन्द्रसँगै विद्यालयहरुमा खोप लगाउने क्रम जारी छ । विद्यालयका १२ वर्ष उमेर समूहभन्दा माथिलाई खोप दिईदैछ । त्यसका अलावा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालयहरुमा खोप केन्द्र स्थापना गरी खोप लगाउने गरिन्छ ।

खोप लगाउने क्रममा सावधानी अपनाउनमा चुक भईरहेको छ । खोप केन्द्रहरुमा व्यापक भीडभाड भईरहेको छ । खोप लगाउन पुग्नेवीच कोरोनाको संक्रमणको जोखिम रहेको छ । स्वास्थ्य कार्यालयले खोप केन्द्र र विद्यालयमा बालबालिकालाई दिई रहेको खोपलाई व्यवस्थापनमा प्रयाप्त ध्यान दिन सकेको छैन् । जसले गर्दा बालबलिका सँगै अन्य उमेर समूहका नागरिकमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम उच्च रहेको छ ।

त्यसो त देखभरमा दैनिक रुपमा संक्रमण दर उच्च रहेको छ । ओमिक्रोणको संक्रमण दर अत्याधिक रहेकोले जटिलता पनि उच्च छ । यस कारणले खोप केन्द्रहरुमा खोप लगाउन आउनेलाई व्यवस्थित तरिकाले खोप लगाउन वातावरण निर्माण गर्नुपर्छ । त्यसका निम्ति जिल्ला स्तरमा रहेको डिसीएमसीले पनि ध्यान दिनुपर्छ । खोप लगाई रहेका बालबालिकालाई स्वास्थ्यमा के कस्तो असर गरेको त्यसको पनि ध्यान राख्नु पर्छ । खोप लगाईसकेका बालबालिकामा ज्वरो आएको गुनासाहरु सार्वजनिक भएको छ । त्यसकारणले डिसीएमसी र स्वास्थ्य कार्यालयले यस विषयलाई गम्भीर रुपमा लिनु पर्छ । त्यससँगै निगरानीमा जोड दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय