रोहित शर्मा भारतको एकदिवसीय क्रिकेटको कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसीसीआईको छनोट समितिले उनलाई एकदिवसीय टिमको कप्तानमा कप्तान चयन गरेको हो ।
विराट कोहलीको स्थानमा रोहितलाई कप्तानको जिम्मेवारी दिइएको हो । उनी यसअघि उप-कप्तान रहेका थिए । यससँगै रोहितले भारतीय एकदिवसीय र टी-२० टोलीको कप्तानी गर्ने भएका छन् ।

टेस्टको कप्तानी भने विराटले नै गर्ने छन् । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजअघि भारतले रोहितलाई कप्तान चयन गरेको हो ।



