सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट १४ लाख बढीका अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले शुक्रबार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लत्ताकपडा, किराना सामान, बिडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामान बरामद गरेको हो ।
बरामद सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानको कुल मूल्य १४ लाख ४५ हजार ६२० रुपैयाँ रहेको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय