Criminal in handcuffs

सिरहा । जेन्जी आन्दोलनका क्रममा फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई प्रहरीले सिरहाको माडरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ निवासी गोविन्द रायका २२ वर्षीय छोरा दुर्गेश यादव रहेका छन् ।
लागुऔषध मुद्दामा पुर्पक्षका लागि महोत्तरीको जिल्ला कारागार जलेश्वरमा थुनामा रहेका यादव आन्दोलनका क्रममा फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७, माडरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको र कारागार कार्यालय सिरहामा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय