सिरहा । सिरहा नगरपालिकामा नागरिक तथा डिजिटल अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘Voices Without Fear’ अर्थात् ‘निर्भीक आवाज’ अभियान अन्तर्गत युवा, सञ्चारमाध्यम तथा सीमान्तकृत समुदायको नागरिकलाई डिजिटल अधिकार संरक्षणका विषयमा प्रशिक्षण दिइएको थियो ।
‘Safe, Resilient, and Informed Civic Action’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नागरिक अधिकारको रक्षा, डिजिटल स्वतन्त्रता र सुरक्षित नागरिक सहभागितालाई सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । कार्यक्रममा युवाहरूलाई नागरिक अधिकारको प्रयोग, डिजिटल माध्यमको उपयोग तथा लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिताबारे जानकारी गराइएको थियो ।

कार्यक्रम जनचेतना अभियान नेपाल र PAC-Nepal को आयोजनामा सञ्चालन गरिएको हो । प्रविण कुमार यादवले युवाहरुलाई सुरक्षित डिजिटल माध्यमको उपयोग गर्ने वारेमा प्रशिक्षण दिएका थिए । अवकासप्राप्त उपसचिव राजेन्द्र यादवले सहभागीहरुलाई सजग र्व्सतर्क रह्न आग्रह गरेका थिए ।




