सिरहा । सिरहा नगरपालिकाले जेहेन्दार, उत्पीडित, असहाय तथा आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आवेदन आह्वान गरेको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै नगरपालिकाभित्र स्थायी बसोबास भएका तथा सामुदायिक र संस्थागत विद्यालय, क्याम्पस एवं अन्य शैक्षिक संस्थामा अध्ययनरत योग्य विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको हो ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३ अनुसार इच्छुक विद्यार्थीले आवश्यक कागजातसहित मंसिर २२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

आवेदनसँगै अनुसूची–१ बमोजिमको फाराम, नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्र, पछिल्लो परीक्षाको लब्धाङ्कपत्र वा ग्रेडसिट र लक्षित वर्ग तथा आर्थिक अवस्था पुष्टि हुने प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, अपाङ्गता भएका विद्यार्थीले अपाङ्गता परिचयपत्रसमेत अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

नगरपालिकाले आवेदनको अन्तिम मिति २०८३ मंसिर २२ गते कार्यालय समयसम्म तोकेको छ । इच्छुक विद्यार्थीले आवश्यक कागजातसहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन बुझाउन सक्नेछन् ।

नगर प्रमुख डा. नवीनकुमार यादवले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै योग्य विद्यार्थीलाई समयमै आवेदन दिन आग्रह गरेका छन् ।

आवेदनको मूल्याङ्कन तथा विद्यार्थी छनोट छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधिमा व्यवस्था भएबमोजिम गरिने नगरपालिकाले जनाएको छ ।

सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय