Criminal in handcuffs

सिरहा । सिरहामा ट्रयाक्टरको टुल बक्स र ट्रेलरमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मंसिर ५ गते (शनिबार) राति करिब ९ः३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ज १ त ८३११ नम्बरको ट्रयाक्टर रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रयाक्टरको इन्जिनमा रहेको टुल बक्स र ट्रेलरमा फल्स बटम बनाई प्लास्टिक टेपले बेरेर लुकाइएको ३६ पोका गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा ७२ किलोग्राम रहेको थियो ।
प्रहरीले ट्रयाक्टर चालक सिरहा नगरपालिका–१२ सारश्वर टोलका ३३ वर्षीय अनिलकुमार महतोलाई ट्रयाक्टर र बरामद पदार्थसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका महतोलाई बरामद पदार्थ र ट्रयाक्टरसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय