सिरहा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल आज सदरमुकाम सिरहा आउने भएका छन्।
मन्त्री पोखरेल शनिबार सिरहाका विभिन्न विद्यालयको अवलोकन तथा शैक्षिक कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। शुक्रबार लहानमा बसेका मन्त्री पोखरेलले आज बरियारपट्टी, सुखीपुरलगायतका क्षेत्रका विद्यालयको अवलोकन गर्ने कार्यक्रम छ।

विद्यालय अवलोकनपछि मन्त्री पोखरेल सदरमुकाम सिरहास्थित श्री चन्द्र नमूना प्राविधिक माध्यमिक विद्यालय पुग्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा नगर समितिले जनाएको छ।
विद्यालयमा पाठ्यक्रम परिमार्जनसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सदरमुकाम सिरहा आउन लागेको रास्वपा सिरहा नगर समितिले जनाएको हो।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने बताइएको छ।



