सिरहा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सिरहास्थित मर्निङ पर्ल एजुकेशनल एकेडेमीले १ लाख ६ हजार ९७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयले प्याब्सन राहत कोषमार्फत उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयको तर्फबाट रकम संकलन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका फाउन्डर तथा प्रिन्सिपल लोचन यादवका अनुसार विद्यार्थीबाट १६ हजार ९१० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट ४० हजार ६६५ रुपैयाँ र विद्यालयको तर्फबाट ५० हजार रुपैयाँ गरी कुल १ लाख ६ हजार ९७५ रुपैयाँ संकलन गरिएको हो।

विद्यालयले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा मानवीय सहयोग, सहकार्य र एकताको आवश्यकता रहेको जनाएको छ।

‘मानवताका लागि हाम्रो सानो कदम’ भन्ने भावनासहित गरिएको सहयोगले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय