राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रीमा विश्वकर्माले कामकारबाहीलाई लिएर आफ्नो पार्टी नेतृत्वको सरकारलाई सचेत गराएकी छन् । विश्वकर्माले हतार गरे गन्तव्यमा पुग्न नसकिने सुनाउँदै कानुनी निर्माणमा सरकार सचेत गराएकी हुन् ।
देशभर बढ्दै गएका आत्मदाह प्रयासका घटनाहरूले नागरिकको मानसिक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गरेको उनले बताइन् ।

उनले प्रश्न गरिन्, ‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन ? जसका लागि कानुन बनाइरहेका छौँ, कतै उनीहरू नै मारमा परेका छैनन् ? के साँच्चै नागरिकले आफ्नो पीडा सुनाउन, न्याय माग्न यस्तो आत्मघाती निर्णय गर्नुपर्ने हो ?’
विश्वकर्माले अगाडि भनिन्, ‘एक्स्रेस वे’मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सुनाउन चाहन्छु– हतार गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ ।’
सुशानलाई ध्यानमा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । सरकारले राजनीतिकसँगै सामाजिक दायित्व पनि पूरा गर्नुपर्ने बताइन् ।



