काठमाडौं । रास्वपाका नेता सागर ढकालले पार्टी पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्ने बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो चरणको निर्वाचनमा सम्भव नभए पनि पदाधिकारीको निर्वाचन सो प्रावधान राख्न माग गर्ने बताए।

उनले भने, ‘नो भोटको प्रावधान हामीले राख्नुपर्ने हो। ९९ जना केन्द्रीय सदस्य त हुनुपर्यो। तर अब पदाधिकारीको चुनावमा नो भोटको लागि हामीले राख्नुपर्छ, कुरा उठाउँछौँ।’
उनले नो भोटका प्रावधान राख्नको लागि आफूले माग गर्ने बताए।
उनले थपे, ‘म माग राख्ने पोजिसनमा छु। डिसिजन मेकिङ पोजिसनमा छैन। त्यही भएर पनि मैले पदाधिकारीहरूमा आउनुपर्छ। अलिकति हस्तक्षेप गरेर नै यो पार्टीलाई सही ट्र्याकमा लानुपर्छ, पुराना तरिकामा लान हुन्न हुँदैन।’
उनले महाधिवेशनमा सोचेअनुसार नभएको भन्दै कमीकमजोरी सुधार गरेर जानुपर्ने बताए।



