काठमाडौं : बिपक्षी दलका सांसदहरुले आकस्मिक रुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिएको बिषयमा प्रश्न उठाएका छन् । संसदको नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै बिपक्षी दलका सांसदहरुले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक बिषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि बिपक्षी सांसदहरुले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरु समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले केहि सांसदहरुको नामै लिएर मर्यादामा बस्ने पटक–पटक निर्देशन दिएका छन् । उनले बिपक्षी सांसदहरुको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । त्यस्तै बैठकमा बिपक्षी सांसदहरुले प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने जवाफ तथ्यहिन भएको भन्दै जवाफ माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय