काठमाडौं– माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार जेठ १७ गते आइतबार दिउँसो ३ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा अर्थमन्त्री वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका विभिन्न पक्षबारे जानकारी गराउनुका साथै सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि सबै सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई आमन्त्रण गरिएको अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले जानकारी दिएका छन् ।

सचिवालयले कार्यक्रममा सहभागी हुन गेट पास वा अन्य कुनै प्रकारको असुविधा भए सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला अर्थमन्त्रीले पत्रकार सम्मेलनमार्फत बजेटका प्राथमिकता, कार्यान्वयनको रणनीति तथा उठेका प्रश्नबारे धारणा राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय