भड्काउ अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जालमा मठ मन्दिर आगो लगाउने भन्दै भड्काउने किसिमका अभिव्यक्ति दिएका थिए।

यसरी धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले घटना सम्बन्धि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय