काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद्परिसरमा कार्यरत संसदीय पत्रकारहरूको अवस्था सुधार गर्न सरकार र संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय मामिलाको रिपोर्टिङमा खटिएका पत्रकारहरूले भोग्नुपरेको समस्या देखेर आफू दुःखी भएको बताए।

उनले भने, ‘संसदीय मामिलाका रिपोर्टिङमा खटिएका पत्रकार साथीहरूको संसद्को गेटबाहिरको दुःख देखेर मन खिन्न भयो ।’ सुनारले रातदिन खटिएर जनतालाई सुसूचित गरिरहेका पत्रकारहरूका लागि न्यूनतम आधारभूत सुविधासमेत नहुँदा अवस्था लज्जास्पद बनेको टिप्पणी गरे। उनले पत्रकारहरूलाई कम्तीमा पिउने पानी र शौचालय प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरे। ‘कम्तीमा तिर्खा लाग्दा पानी पिउन पाउने र पिसाब लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस्,’ उनले सदनमा आग्रह गरे।

सांसद सुनारले वर्षातका वेला पत्रकारहरूले क्यामरा जोगाउन र घाममा काम गर्दा ओत खोज्नसमेत कठिनाइ भइरहेको उल्लेख गर्दै यस्तो अवस्था अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो भएको बताए। उनले संसद्परिसरमा पत्रकारमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय