काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण स्थगन भएको संसद बैठकमा विपक्षीहरूले लगातार अवरोध गरेपछि सभामुअ डिपी अर्यालले फेरि १५ मिनेटका लागि बैठक स्थगन गरेका छन्।

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि जवाफ दिने कार्यतालिका रहे पनि अन्तिम समयमा उनले आफ्नो जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पन्छाएका थिए।

प्रधानमन्त्री शाह अनुपस्थित भएपछि विपक्षीहरूको अवरोधका कारण बैठक स्थगन भएको थियो।

सत्ता पक्ष र विपक्षीहरूसँग सभामुख अर्यालको छलफलपछि बैठक सुचारु भए पनि सांसदहरूले अवरोध कायमै राखेका कारण बैठक फेरि स्थगन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय