पर्सा जिल्लाको वीरगञ्जस्थित विभिन्न क्यासिनोमा अवैध रूपमा प्रवेश गरी जुवातास खेलिरहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा शनिवार बिहान  प्रहरी टोलीले वीरगञ्जका किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब र क्यासिनो माहजङमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरू क्यासिनोभित्र जुवातास खेलिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूको साथबाट ५०० रुपैयाँ मूल्यका क्यासिनो कोइन, ५५५ रुपैयाँ नगद, १,२०० भारतीय रुपैयाँ तथा दुई वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय