सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नबिन कुमार यादव ४० हजार धरौटीमा रिहा भएका छन्।

उनी शुक्रबार जिल्ला अदालत सिरहामा उपस्थित भई धरौटी बुझाएपछि रिहा भएका हुन्।

चैत २३ गते बिहान नगरपालिका कार्यालयमा हाजिरीका क्रममा कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट भएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही घटनापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

घटनापछि चैत २४ गतेदेखि सुरु भएको कर्मचारी आन्दोलन प्रमुख जिल्ला अधिकारीको विशेष निर्देशन तथा शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै चैत ३० गते स्थगित गरिएको थियो।

हाल मेयर यादव धरौटीमा रिहा भए पनि घटनासम्बन्धी अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय