काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ व्यवस्था लागू गर्दै परीक्षा जहाँ हुन्छ, त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्ने भएको छ ।

बोर्डका अनुसार चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने तयारी गरिएको हो । अघिल्ला वर्षहरूमा गोप्य रूपमा फरक–फरक स्थानमा परीक्षण गरिने परम्परा यसपालि परिवर्तन गरिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको हो । “परीक्षा केन्द्रमै परीक्षण गरेर छिटो नतिजा निकाल्ने उद्देश्य हो,” उनले बताए ।

तर, शिक्षक अभाव भएको वा असुरक्षित महसुस हुने केन्द्रमा भने शिक्षा विकास तथा समन्वय एकाइको सहजीकरणमा अन्यत्रै परीक्षण गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

यस वर्ष एसईईका लागि १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ । तीमध्ये एक केन्द्र जापानमा समेत रहेको छ । देशभर र विदेशसहित ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको र केन्द्राध्यक्ष तथा सुरक्षाकर्मीको व्यवस्था पनि पूरा भइसकेको बोर्डले जनाएको छ ।

यसअघि असारमा नतिजा आउने परम्परा भए पनि यसपटक समय घटाएर एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय