बेथितिको साम्राज्य नमिठोसँग ढालिसकेपछि अब थितीको राज्यका निम्ति बालेन नेतृत्वको सरकार कस्तो बनाउने, कसरी काम गर्ने भन्ने रणनीति बन्ला नै, बन्ने पनि छ

एउटा महायुद्ध जस्तो बनेको चुनावी नतिजा बालेन शाहको पक्षमा आइसकेको छ। केही दिनमा उनी प्रधानमन्त्री नियुक्त हुनेछन्।

प्रधानमन्त्री नियुक्तिपछि जिम्मेवारीको भारी औपचारिक रुपमा बालेनको काँधमा पर्नेछ। बालेनले भने जस्तै अब ‘नेपाल हाँसेको हेर्न सक्ने’ बनाउनुछ।

एक अर्थमा भन्ने हो भने– जनताले बालेन जिताए, अब बालेनले जनता जिताउनुपर्नेछ।

बन्जर देशलाई ‘इन्द्रप्रस्थ’ जस्तो बनाउनु पनि छ। किनकी शासकहरूले सत्ताबाट ओर्लिएपछि त्यसको प्राप्तिको लालसा कायम राखुन्। त्यो कसरी सम्भव होला भन्ने प्रश्न र काम गर्नका लागि चुनौतीका चाङ पनि छन्।

तर मूलभूत रुपमा ५ विषयमा बालेन नेतृत्वको सरकार अब केन्द्रित हुन आवश्यक छ। किनभने अब काम गर्नुपर्ने भएकाले जनताको भावना र संवेदनाले पाएको जिम्मेवारीलाई प्राविधिक रुपमा नै कार्यान्वयन गरी एउटा आकार दिनुपर्नेछ।

अब कुनै पनि फुर्को जोडेर उम्किने मौका पाइनेछैन। न बालेनको समर्थन गरिरहेको टिप्पणीकारले पनि प्रश्नबाट भाग्ने मौका पाउनेछ।

बेथितिको साम्राज्य नमिठोसँग ढालिसकेपछि अब थितीको राज्यका निम्ति बालेन नेतृत्वको सरकार कस्तो बनाउने, कसरी काम गर्ने भन्ने रणनीति बन्ला नै, बन्ने पनि छ।

तर मुख्य ५ विषयलाई अब अर्जुनदृष्टि बनाएर बालेनले पाएको मत, मन र जगाएका आशालाई पूरा गर्नु पनि पर्छ।

आर्थिक पुर्नाेत्थान र स्वदेशमै रोजगारी
नेपालको सबैभन्दा ठूलो समस्या भनेको ऊर्जावान् युवा शक्तिको पलायन हो। बालेनले प्रधानमन्त्रीका रूपमा पहिलो प्राथमिकता देशभित्रै काम र सम्मानलाई दिनुपर्छ।

रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई विस्थापित गरी कृषि, जलविद्युत र पर्यटनमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ। यसका लागि कसरी काम गर्ने हो, त्यसको खाका तयार गर्न आवश्यक छ।

साना तथा मझौला उद्योगहरूलाई कर छुट र सहुलियतपूर्ण ऋणको व्यवस्था गरी युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने वातावरण बनाउनुपर्छ। मेयर हुँदा जस्तै सिस्टम बसालेर प्रशासनिक झमेला अन्त्य गरेमा लगानीकर्ताहरू उत्साहित हुनेछन्।

शिक्षा र स्वास्थ्यमा आमूल सुधार
काठमाडौँमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्न उनले चालेको कदमलाई राष्ट्रिय स्तरमा लैजानु आवश्यक छ। त्यो बेसलाइनबाट काम गर्न सकिने अवस्था छ।

शिक्षालाई केवल प्रमाणपत्र वितरण गर्ने माध्यम मात्र नबनाई सीपमूलक र बजारको माग अनुसारको बनाउनुपर्छ।

गाउँ–गाउँमा सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको व्यवस्थापन गर्दै आम नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनु उनको अर्को महत्त्वपूर्ण कार्य हुनुपर्छ।

त्यसका निम्ति कस्ता विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने भन्नेतिर दृष्टि अघि बढ्न आवश्यक देखिन्छ।

भ्रष्टाचार नियन्त्रण र विधिको शासन
नेपाली जनताले बालेनबाट अपेक्षा गरेको सबैभन्दा ठूलो कुरा सुशासन हो। बालेनका लागि यो निक्कै चुनौती र नगरी नहुने अनि गर्नैपर्ने विषय हो। जेनजी विद्रोहको जगमा पाएको जनमतसँग जोडिएको भावनात्मक विषय पनि हो, यो।

राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारको जालो तोड्न शक्तिशाली र स्वतन्त्र लोकपाल वा छानबिन आयोगको निर्माण गर्नुपर्छ। यहि विषयमाचाहिँ गहिरोगरी काम गर्न आवश्यक छ।

सरकारी सेवा लिन नागरिकले घण्टौँ लाइन बस्नुपर्ने र घुस खुवाउनुपर्ने बाध्यता हटाउन सम्पूर्ण प्रशासनिक कार्यलाई अनलाइन प्रणालीमा लैजानुपर्छ, जुन उनले महानगरमा अभ्यास गरिसकेका छन्। यसले केही सहज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय