सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिव शंकर यादव फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम चन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरेका छन् । शिव शंकरले रामचन्द्र यादवलाई २७ हजार ७४७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।
यसैगरी, नेकपा एमालेका नविन यादवले ६ हजार ७१३ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति नारायण सिंहले ३ हजार ६८० मत पाए । त्यस्तै जनता समाजवादी पार्टी नेपालका संजिप कुमार यादवले ३ हजार ८७ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत नवराज जोशी अनुसार अनुसार सिरहा क्षेत्र नम्बर–२ मा कुल ७३ हजार १७५ मत खसेको थियो । रास्वपाका यादवले प्राप्त गरेको फराकिलो मतान्तरले यस क्षेत्रको राजनीतिक समीकरणमा महत्वपूर्ण सन्देश दिएको विश्लेषण गरिएको छ ।




