सिरहा । सिरहा नगरपालिकामा जारी नगर स्तरीय फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनको पहिलो खेलमा वडा नम्बर १२ ले वडा नम्बर ५ लाई ६–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

वडा १२ का सुमित मण्डलले ह्याट्रिक गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। सुमित मेस्तरले २ तथा नौसाद शेखले १ गोल गरे।

दोस्रो खेलमा वडा नम्बर २० अनुपस्थित भएपछि वडा नम्बर ९ विजयी घोषित भएको छ।

भोलि फागुन १० गते वडा ७ विरुद्ध वडा १४ (२:०० बजे) र वडा ८ विरुद्ध वडा १० (३:३० बजे) प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय