सिरहा । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/२०८३ मा नगरस्तरीय योजना अन्तर्गत नगरस्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
उक्त प्रतियोगिता कार्यक्रम सञ्चालनका लागि इच्छुक संघ–संस्थाहरूले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न नगरपालिकाले सूचना जारी गरेको छ। प्रस्तावहरू तोकिएका मापदण्डअनुसार पेश गर्नुपर्ने जनाइएको छ।

तर, नगरस्तरीय फुटबल प्रतियोगिताका लागि कति बजेट विनियोजन गरिएको हो भन्ने विषयमा सूचनामा उल्लेख गरिएको छैन।




