काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी बचत ठगी तथा संगठित अपराध मुद्दामा थुनामुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार लामिछानेले धरौटीको रूपमा १ करोड रुपैयाँ अदालतमा बुझाएपछि शुक्रबार रिहा हुनेछन्।
लामिछानेले बिगो रकम १० करोड ९९ लाख ३६ हजार रुपैयाँमध्ये आफ्नो हिस्सा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी पहिले नै पेस गरिसकेका थिए। गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीको आदेशपछि १ करोड रुपैयाँ धरौटी जम्मा गरेर उनलाई तत्काल रिहा गरिएको थियो।

उच्च अदालतको पछिल्लो आदेशपछि सो रकम फिर्ता लिएर पुनः धरौटी बुझाउने प्रक्रिया पूरा भएपछि लामिछाने रिहा हुने जिल्लाका अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिएका छन् ।



