काठमाडाैै । मापदण्ड पूरा नभएको भन्दै केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिन नपाउने फर्मान सुनाइएपछि डा. नवीन कुमार यादव उक्त दौडबाट पछि हट्नुभएको छ।
सिरहा नगरपालिकाका मेयरसमेत रहनुभएका डा. यादवले नीति र नियमअनुसार उम्मेदवारी दिने तयारी गरिरहनुभएको थियो। तर सम्बन्धित निकायले आवश्यक मापदण्ड नपुगेको ठहर गर्दै उम्मेदवारी अस्वीकृत गरेपछि उहाँ पछि हट्न बाध्य हुनुभएको हो।

उक्त निर्णयपछि पार्टीभित्र आन्तरिक छलफल र प्रतिक्रिया देखिन थालेका छन्। डा. यादव पक्षधरहरूले निर्णयप्रति असन्तुष्टि जनाउँदै यसले आन्तरिक लोकतन्त्रमा प्रश्न उठाएको बताएका छन्।



