सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवले नीति र नियमले अनुमति दिएपछि नेकपा (एमाले) को केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्।
मेयर यादवले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन र नयाँ नेतृत्वको आवश्यकतालाई ध्यानमा राख्दै आफू राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिन इच्छुक रहेको स्पष्ट पारे।

उनले पार्टी विधानअनुसार प्रक्रिया पूरा भएमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताए।
डा. यादवले एमालेलाई संगठनात्मक रूपमा थप सशक्त, समावेशी र जनमुखी बनाउने आफ्नो उद्देश्य रहेको समेत उल्लेख गरे।



