निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १५२ रन जोड्यो। जबाफमा नेपालले पनि ८ विकेट गुमाएर १५२ रन बनायो। खेल बराबरी भएपछि छिनोफानो गर्न सुपर ओभर भयो।

पहिलो सुपर ओभरमा नेपालले एक विकेटको क्षतिमा १९ रन बनायो। अनि नेदरल्यान्ड्सले पनि विना विकेटको क्षतिमा १९ रन नै बनायो। खेल फेरि बराबर।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १ विकेट गुमाएर १७ रन बनायो। नेपालले विना विकेटको क्षतिमा १७ रन नै बनायो। फेरि पनि खेल बराबर।

तेस्रो सुपर ओभरमा चाहिँ नेपालले दुई विकेट गुमायो तर एक रन पनि जोड्न सकेन। नेदर्ल्यान्ड्सले सुरुकै बलमा छक्का हानेर खेल जित्यो।

यस्तो नतिजा खेलमा विरलै मात्र हुने गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय