सिरहा । सहिद हेमनारायण गोल्डकप अन्तर्गत दोस्रो खेलमा गोलबजार स्पोर्ट्स कल्व विजयी भएको छ ।
सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको दोस्रो खेलमा गोलबजार स्पोर्ट्स कल्व सिरहाले २–१ गोल अन्तरले गोल्डेन स्टार युथ कल्व सुनसरीलाई पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच गोलबजारका प्रताप राई घोषित भएका छन् ।

गोलबजारले खेलको सुरुमा निश्चल मोक्तानको गोलबाट अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा मोक्तानले गोल गरेका थिए । मध्यानपछि गोलबजारको तर्फबाट प्रताप राईले अर्को गोल थपेका थिए । खेलको ५४औं मिनेटमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । गोल्डेन स्टार युथ कल्व सुनसरीका तर्फबाट सुजन सरदारले खेलको ५९औं मिनेटमा गोल गर्दै अन्तर कम गरेपनि गोलबजार विजयी भएका छन् । यो जितसँगै गोलबजार स्पोर्ट्स क्लब सेमिफाईनल प्रवेश गरेको छ ।

तेस्रो खेल आयोजक सलहेश युवा क्लव सिरहा र गाईघाट फुटबल कल्व उदयपुरवीच खेल हुने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगितमा जम्मा आठ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय