उद्घाटन खेलमा चत्यासा फुटबल कल्व झापा र वीरगंज युनाईटेड पर्सावीच भिडन्त
सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्कर आजदेखि हुँदैछ ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको खेलहरु सुरु भईरहेको छ । उद्घाटन खेलमा चत्यासा फुटबल कल्वा झापा र वीरगंज युनाईटेड पर्सावीच हुने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । खेल दिउँसो ३ बजेदेखि सुरु हुने जनाईएको छ ।

प्रतियोगितामा आठ टोली
यस वर्ष गोल्डकपमा आठ वटा टोलीको मात्र सहागिता रह्ने भएको छ । विगतमा १० वटा टोलीको सहभागिता भएपनि यस वर्ष २ वटा फुटबल टोली कम खेलाउन लागिएको अध्यक्ष यादवले बताएका छन् । अगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सलहेश युवा कल्वसँगै चित्लाङ फूटबल क्लब काठमाण्डौं, चात्या सा फूटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगन्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फूटबल क्लब उदयपुर र गोलबजार स्पोट्र्स क्लब गोलबजार सहभागी हुँदैछ ।
विजेतालाई २ लाख, उपविजेतालाई १ लाख
यस वर्ष प्रतियोगिताको पुरस्कार राशी पनि घटाईएको छ । नगर पुरस्कार राशी विजेतालाई २ लाख र उपविजेतालाई १ लाख राखिएको अध्यक्ष यादवले बताएका छन् । नगद सहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा प्लेयर अफ द म्याच, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद र ट्रफी प्रदान गरिने अध्यक्ष यादवले बताए ।
विगत वर्षको तुलनामा यस पटक प्रतियोगिता आयोजना गर्न बजेट कम भएकोले पुरस्कार राशी घटाईएको अध्यक्ष यादवले बताए । सिरहा नगरपालिको आर्थिक सहयोग, जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सलहेश युवा कल्वले प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस वर्ष करिब २० लाख रुपैयाँ सिरहा नगरपालिकाले आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष यादवले विगत वर्षको भन्दा करिब ५–६ लाख रुपैयाँ कम स्वकिृत गरेको बताएका छन् ।
प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधी आयोजक सलहेश युवा कल्वले उचाल्दै आईरहेको छ । विदेशी खेलाडीहरुको पनि सहभागितामा प्रतियोगिता आयोजना हुने भएकोले दर्शकलाई प्रयाप्त मनोरंजन मिल्ने उनले बताए ।



