काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै दर्शकको उल्ल्ख्य उपस्थिति छ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल भएकोले बिहानै टीयू मैदान दर्शकले भरिएको हो ।

पहिलो खेलमा अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरूद्ध दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरिरहेको छ ।
यो खेल हेर्न बिहानै करिब ८ हजार भन्दा बढी दर्शक उपस्थित भइसकेका छन् । दर्शक आउने क्रम अझै जारी छ ।




