सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा सुविधासम्पन्न नगर अस्पताल निर्माण र सञ्चालन सहितको माग सहित ज्ञापन पत्र बुझाईएको छ । कल्याणपुर नगरपालिकाका स्थानीयले सुविधासम्पन्न नगर अस्पताल संचालन लगायतका विभिन्न ९ बुँदे माग राख्दै नगरपालिकामा आईतवार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नगर अस्पताल विकास कोषको निर्माण र नगर अस्पताल विकास समिति गठन गर्नुपर्ने, प्रविधि सहितको सुविधासम्पन्न नगर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य विमावाट निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, २४औं घण्टा आकस्मिक सेवा प्रदान गर्नुपर्ने, नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधीको नियमित व्यवस्था गर्नुपर्ने, हरेक स्थानीय तहको सार्वजनिक संस्थाहरुमा नागरिक वडा पत्रको व्यवस्था गर्नुपर्ने र हरेक वर्ष हरेक वडामा क्यान्सर रोग सम्बन्धी स्क्रिनिङ गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय युवाहरु सुरेश कुमार यादव, राधेश्याम यादव, राजन कुमार यादव, उमेश कुमार साह र माला कुमारी यादवले संयुक्त रुपमा हस्ताक्षण गरी ध्यानाकषर्ण पत्र कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् ।
हेर्नुहोस्, विज्ञप्ति





