सिरहा । नेकपा एमाले को शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौं १३ गतेलाई सरेको छ ।

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले जानकारी दिए ।

उक्त बैठकमा सहभागी हुने भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नै विराटनगर गएका थिए । ‘बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो’, डा. यादवले भने ।
एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय