सिरहा । सिरहाका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध आन्दोलित बनेका छन् । शिक्षा विकास तथा समन्वय इकाइमा उनीहरूले मंगलबार धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको संयोजनमा शिक्षकहरु आन्दोलित बनेका हुन् । राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, बालशिक्षिका लगायत पेशाकर्मीहरुलाई उपेक्षा गरेको र पेशागत हितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएको आन्दोलित शिक्षकहरूको गुनासो छ ।

निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको पनि उनीहरूले बताउँदै आएका छन् । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी गरिनुपर्ने पनि उनीहरुले माग राखेका छन् ।

https://www.facebook.com/ApanDainik/videos/621785406465187

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय