सिरहा । सिरहा नगरपालिकालाई समार्ट सिटी बनाउने अवधारणालाई जोडदै स्मार्ट सिटी भन्दा पनि ग्रीनसिटी बनाउनका लागि वृक्षारोपण अभियान थालिएको छ ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले वृक्षारोपणलाई निरन्तरता दिएका छन् ।
जेठ १५ गते १६ औं गणतन्त्र दिवसको अवसरमा लोकनायक राजा सलहेश मन्दिरको परिसरलाई समेत हराभरा राख्ने उदेश्यले वृक्षारोपण गरिएको मेयर डा यादवले बताएका छन् । ‘यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ,’ मेयर डा यादवले भने, असार ७ गते वडा नम्बर ३ मा रहेका शंकर रंगालाशाको परिसरमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको छ ।
May be an image of 8 people and tree

निकट भविष्यमै सिरहा नगरपालिकालाई समार्ट सिटी बनाउने अवधारणालाई जोडदै स्मार्ट सिटी भन्दा पनि ग्रीनसिटीको अवधारणालाई सँस्थागत गर्नको लागि वृक्ष रोपण गरेर अभियानको सुरुवात गरेका छन् ।
उनले नगरलाई सफा, हरियाली र वातावरण मैत्री बनाउने उद्देश्यले वृक्षारोपणको अभियान थालिएको बताएका छन् ।
डा यादव मेयर पदमा निर्वाचित भएपछि उनले आफुले चुनावमा गरेको प्रतिवद्धता नविर्सेको बताए । ‘स्वच्छ, हराभरा र हरियाली सिरहा बनाउन ५ लाख रुख लगाउने मेरो प्रतिबद्धता छ । उनले भने, ‘रुख बिरुवाबाट मानिसलाई फाइदै फाइदा छ । शीतलता, प्राण वायु र सुन्दरता समेत दिन्छ ।’
सिरहामा एउटा घरले कम्तीमा २ वटा रुख लागाइदिए पनि सिरहाको रुप फेरिन सक्ने उनको भनाइ छ ।
May be an image of 4 people, tree and text

उनले वृक्षरोपण गर्ने अभियान निरन्तर चल्ने नगर क्षेत्रका खाली जग्गाभर विरुवा लगाइने जानकारी दिए । ‘जब सम्म सिरहालाई हराभरा र हरियाली सहरको रुपमा स्थापित गर्न सक्दैनौ तब सम्म यो अभियान जारी रहन्छ’ उनले भने ।
नगरपालिकाले सुरुवात गरेको वृक्षारोपण अभियान स्वागत योग्द कदम रहेको तर रोपण गरेको वृक्षको संरक्षण निकै आवश्यक रहेकोले संरक्षणका लागि नगरपालिकाका साथै नगरवासीले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने नगरपालिकाका मेयर डा यादवले बताए ।
मेयर डा यादवका अनुसार सडकको बीच भाग (डिभाइडर) तथा बजार क्षेत्रको सडकको किनारमा फुल/रुखका विरुवाहरु लगाइने छ । सौन्दर्यकरण साथै स्वास्थ्यलाई फाइदा हुने खालका विरुवाहरु समेत लगाइने छन् ।

May be an image of 8 people, grass and tree
‘साझ बिहान नगरपालिकाले पानी हाल्नेछ,’ उनले भनिन्, ‘विरुवाको संरक्षणका लागि कर्मचारीहरु खटिनेछन् र संरक्षणका लागि सम्बन्धित स्थानको स्थानीयलाई पनि आग्रह गरेका छौं ।’
उनले स्वच्छ र हराभराले नगरवासीलाई धेरै राहत हुने र आउने आन्तिक तथा बाह्य पर्यटकहरु बसाई पनि लम्बिने विश्वास लिइएको उनले बताइन् ।
उनले वृक्षारोपण गरेर मात्र नभई त्यसको संरक्षण पनि गरिने बताए । जसका लागि नगरपालिकाबाट विशेष औजार सहित कर्मचारी समेत खटाईने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय