सिरहा । सिरहाको मिर्चैयामा रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत एकजना सुरक्षागार्डको हत्या भएको छ ।
खानेपानी टंयाकीको सुरक्षामा खटिएका मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो । रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
उनी ८ महिनादेखि मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत थिए । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहितको विषेश प्रहरी टोली परिचालन भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

सुरक्षागार्डले खानेपानी टंयाकीको सुरक्षासँगै खानेपानी खोल्ने र बन्द गर्ने काम गर्दै आएको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अन्जय साहले घटनाको सूक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने बताए ।



