सिरहा । नेपाल स्काउटले कृष्ण सरोज स्मृति सामुदायिक भवन, हजरिया बरहथवा–२ मा ६ दिने आधारभूत तालिम सम्पन्न गरेको छ ।
बरहथवा नगरपालिका, सर्लाहीको आर्थिक सहयोग र नेपाल स्काउट स्थानिय कार्यालय बरहथवा सर्लाहीको आयोजनामा स्काउटका सदस्यहरुको सहभागितामा ५ रात ६ दिनसम्म सञ्चालन गरिएको उक्त तालिम जेठ २९ गते सोमवार देखि असार २ गते शनिबार समापन गरिएको हो ।
दीर्घकालमा देशव्यापीरूपमा युवाहरू स्काउट हुनु पर्छ भन्ने मान्यताकासाथ स्काउटको तालिम प्रदान गर्न सक्षम स्काउट मास्टर तयार गर्न यो तालिमको आयोजना गरिएको नेपाल स्काउटका मधेश प्रदेश संयोजक दिनेश यादवले बताएकाछन् ।

तालिमले प्रशिक्षार्थीहरुलाई समाज तथा राष्ट्र सेवामा लाग्न महत्वपूर्ण भूमिका खेल्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरुले व्यवहारमा लागू गरेर जानेमा आफू विस्वस्त रहेको उनले बताए । यादवले अब नेपालमा हरेक स्कुल तथा कलेजहरुमा नेपाल स्काउटको क्रियु सञ्चालनमा ल्याउने बताए ।




