सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटरमा विहीवार शुद्ध खानेपानी उपलब्ध गराउने मेसिनको उद्घाटन गरिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हे–क्वा, सन्हैठाको परिसरमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले उक्त मेसिनको एक कार्यक्रमवीच विधिवत पूजापाठ गर्दै उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम बोल्दै मेयर डा यादवले मानिसको जीवनमा शुद्ध खानेपानी अति नै आवश्यकता भएकोले स्वस्थ्यकर जीवनशैली जिउन शुद्ध पानी पिउनु पर्ने बताएका छन ।


मनसुनको सिजन आउनै लागेकोले पनि शुद्ध खानेपानीको अति आवश्यकता हुने हुँदा खानेपानी शुद्ध बनाएर पिउनु पर्ने डा यादवले बताएका छन् । खानेपानीकै कारण कयौं रोगहरुको संक्रमण हुने भएकोले त्यसवाट जोगिन पनि शुद्ध खानेपानी पिउनु पर्ने भन्दै मेयर डा यादवले पानीलाई फिल्टर प्रयोग गरी सफा बनाएर पिउन आग्रह गरेका छन् । ‘कयौं रोगहरु अस्वस्थ्यकर पानीकै कारण लाग्ने गर्छ,’ मेयर डा यादवले भने,‘यसलै पानी पिउनको लागि फिल्टर गर्नुपर्छ । त्यसपछि पानी पिउन योग्न हुने र स्वस्थ्यलाई पनि राम्रो राख्छ ।’

सिरहा नगरपालिकाको लगानीमा फिल्टर सहितको शुद्ध खानेपानीको व्यवस्थापन गरिएको भन्दै मेयर डा यादवले सुरक्षामा खटिने सुरक्षाकर्मीको स्वास्थ्यको क्षेत्रमा सहयोग सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

उक्त कार्यक्रम ७ नम्बर गण हेडक्वाटर सिरहाका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रमोद कुमार भारतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, विशिष्ट अथिती उपमेयर वविता साह, स्थानिय, बुद्धिजिवी, नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरीका जबानहरु सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।



