सिरहा । सिरहा नगरपालिकामा बुधबार दुई बिद्यालयमा भबनको शिलान्यास गरिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर ११ स्थित पदमपुरमा रहेको श्री आधारभूत बिद्यालयमा २ काेठे र वडा नम्बर १६ मा रहेका श्री लालजी शकुन्तला माध्यमिक विद्यालय, माडरमा ४ काेठे विद्यालयको परिसरमा नयाँ भवन निमार्ण कार्यको शिलान्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पदमपुरमा २ कोठे र माडरमा ४ काेठे भबनको शिलान्यास सिरहा नगरपालिकाका नगर प्रमुख डा नविन कुमार यादवले शिलान्यास गरेकाछन् । बिद्यालयमा कक्षा कोठाको अभाब रहेकै बेला निर्माण हुन लागेको भबनले बिद्यार्थीलाई राहत हुने भएको छ । निर्माण हुने भबनको शिलान्यास गर्दै मेयर डा यादवले बिद्यालयको भौतिक पुर्बाधार निर्माण संगै शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रम नीतिगत रुपमै लैजाने बताए । बिद्यालय भबन निर्माण संगै थपिने कक्षा कोठाले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या अब हट्ने मेयर डा यादवले बताए ।

उक्त कार्यक्रम सिरहा नगरपालिका वडा नम्बर ११ र १६ का वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव लगायत वडा सदस्य, दलित सदस्य, महिला सदस्य, स्थानिय, बुद्धिजिवी, विभिन्न राजनितिकदलका प्रतिनिधीहरुको सहभागितामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय