सिरहा । स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले नरैहियामा हाट बजारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा न. १० नरैहिया दुर्गामन्दिरको प्राङ्गनमा हाट बजारको आइतबार मेयर डा. नविन कुमार यादवले उद्घाटन गरेका छन् ।
नरैहिया दुर्गामन्दिरको प्राङ्गनमा हरेक हप्ता आइतवार र बुधवार हाट बजार संचालनमा आउने छ ।
तरकारी बजारलाई व्यस्थित बनाउन एकीकृत तरकारी बजार निर्माणले सहयोग पु¥याउने विश्वास समेत मेयर डा. यादवले भने ।
बजारमा तरकारी बजार मापदण्ड अनुसार भएको बताइएको छ । बजारको उद्घाटन गर्दे मेयर डा. यादवले कृषिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड पनि दिदै मेयर डा. यादवले बताए ।

उक्त कार्यक्रम सिरहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, विशिष्ट अथिती उपमेयर वविता साह अथितीहरुमा नागेन्द्र प्रसाद साह, वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप कुमार मण्डल, कार्यपालिका सदस्य अनिल कुमार कर्ण, वडा नं. १० का वडा सदस्य, दलित सदस्य, महिला सदस्य, स्थानिय, बुद्धिजिवी, विभिन्न राजनितिकदलका प्रतिनिधीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
https://www.facebook.com/ApanDainik/videos/3409585519301679



