सिरहा । सिरहा नगरपालिका स्थित एक बिद्यालयमा २ कोठे भबनको शिलान्यास गरिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १२ स्थित सारश्वरमा रहेको श्री आधारभूत बिद्यालय छरापट्टीको परिसरमा नया भवन निमार्ण कार्यको शिलान्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ कोठे भबनको शिलान्यास सिरहा नगरपालिकाका प्रमुख डा नविन कुमार यादवले गरेकाछन् । बिद्यालयमा कक्षा कोठाको अभाब रहेकै बेला निर्माण हुन लागेको भबनले बिद्यार्थी लाई राहत हुने भएको छ । निर्माण हुने भबनको शिलान्यास गर्दै मेयर डा यादवले बिद्यालयको भौतिक पुर्बाधार निर्माण संगै शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रम नीतिगत रुपमै लैजाने बताए । बिद्यालय भबन निर्माण संगै थपिने कक्षा कोठाले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या अब हट्ने मेयर डा यादवले बताए ।


त्यस्तै सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले वडा नं. १२ सारश्वरमा १० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर डा यादवले जानकारी दिएकाछन् । मेयर डा यादवले सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य, भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने मेयर यादवले बताए ।
उक्त कार्यक्रम सिरहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शिव शंकर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव लगायत वडा सदस्य, दलित सदस्य, महिला सदस्य, स्थानिय, बुद्धिजिवी, विभिन्न राजनितिकदलका प्रतिनिधीहरुको सहभागितामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।



